बसको ठक्करबाट हेटौँडामा पैदल यात्रुको मृत्यु
१८ जेठ, मकवानपुर । बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ ।
बसको ठक्करबाट सडकमा हिडिरहेको अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका ९ कर्रा स्थित सडकमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई हेटौँडा अस्पतालमा लागि ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको छ ।
हाल मृतकको पहिचान हुन सकेको छैन् ।
ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ठक्कर दिने बसको नम्बर खुलाएको छैन ।