करेन्ट लागेर बारामा एक जनाको मृत्यु
द नेपाल मिडिया
११ जेष्ठ २०७९, बुधबार १५:५५
११ जेठ, बारा । करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको देवताल गाउँपालिका वडा नम्बर ३ का ४० वर्षीय रामप्रवेश महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा जडान गरेको पानी तान्ने विद्युतीय मोटर मर्मत गर्ने क्रममा मंगलबार बेलुकी करेन्ट लागेर उनी घाइते भएका थिए ।
घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको लागि ल्याएपनि आज बिहान ७:३० बजेति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।