भरतपुर महानगरको नगर प्रमुखमा रेनु दाहाल निर्वाचित

   १० जेष्ठ २०७९, मंगलवार ११:३५  

१० जेठ, चितवन । भरतपुर महानगरको मेयर पदमा रेनु दाहाल निर्वाचित भएकी छन् ।

चितवनका भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएकी हुन् ।

नवनिर्वाचित नगर प्रमुख (मेयर) दाहालले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत पाएका छन् । दाहाल पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो ।

यस्तै, भरतपुरको उपमेयरमा पनि गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन्। उनले राप्रपाका हिमला गुरूङलाई २२ हजार १९१ मतान्तरले अग्रता लिएका हुन्। अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरूङले ३० हजार ६१२ मत प्राप्त गरिन्।