मतपेटी लिएर भागेको घटनामा संलग्न एक जना पक्राउ
६ जेठ, रौतहट । मतदान केन्द्रबाटै मतपेटी लिएर फागेको घटनामा संलग्न एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
मतपेटी लिएर भागेको घटनामा संलग्न भएको सोही गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय चन्देश्वर बैठालाई शुक्रबार दिउँसो २:३० बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री माध्यमि विद्यालय भेडियाही स्कुलमा अवस्थित केन्द्रमा मतदानस्थलबाटै केही स्थानीयहरुले मतपेटी नै लिएर भागेका थिए ।
गत वैशाख ३० गते(शुक्रबार) भएको स्थानीय तहको चुनावको दिन मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गरी केही स्थानीयहरुले मतपेटी लिएर फाग्न थालेपछि मतपेटी नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीले केही राउण्ड हवाई फायर समेत गरेका थिए ।
घटना पश्चात् फरार भएको आरोपीहरुलाई खोज्ने क्रममा छुकीछिपी घरमै बस्दै आएको अवस्थामा आज निजलाई हिरासतमा लिएको हो । पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनापछि फरार भएका अन्य आरोपीहरुको खोजी जारी नै रहेको छ ।