प्रहरी असईको कुटाईबाट मौलापुरमा दुई जना गम्भिर घाइते

   ६ जेष्ठ २०७९, शुक्रबार १५:०४  

६ जेठ, रौतहट । नेपाल प्रहरीका असई कमलेश यादवले रौतहटको मौलापुरमा कुटपिट गरी स्थानीय दुई जनालाई गम्भिर घाइते बनाएका छन् ।

मौलापुर नगरपालिका वडा नम्बर ८ को राजनीतिमा संलग्न रहेको असई यादवले घरेलु हाथ हथियारको प्रयोग गरि स्थानीय राजकिशोर यादव र सिकिन्द्र यादवलाई निर्घात कुटपिट गरी गम्भिर घाइते बनाएका छन् ।

मौलापुर नगरपालिका ८ सोनरनिया घर भएको असई यादवलाई गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका लागी बाराको चिउराहामा खटाइएको थियो ।

पर्सा जिल्लाको विपत व्यवस्थापन पोष्टमा कार्यरत रहेका यादवलले भाई शिवप्रसन यादवको राजनीतिमा संनलग्न रही राजनीति गर्दै आएको स्थानीयले बताएका छन् ।

सोनरनियाँ बजार चौकमा घुम्दै रहेको अवस्थामा अचानक असई यादवले हाथमा फाईटर लगाएर दुवै जनामाथि प्रहार गरेको थियो ।

प्रहरी असई कमलेश यादवको प्रहारबाट गम्भिर घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल गौरमा भर्ना गरिएको छ ।