कटहरिया नगरपमलिकाको ४ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित

   ६ जेष्ठ २०७९, शुक्रबार ११:५७  

६ जेठ, रौतहट । कटहरिया नगरपालिकामा हालसम्म ४ वटा वडामा एमालेले जित हासिल गरेको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा रौतहटको कटहरिया नगरपालिकामा ७ वटा वडा तहको मतपरिणाम सार्वजनिक हुँदा ४ वटा वडामा एमालेले जित हासिल गरेका छन् भने दुई वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

यस्तै, १ वडामा नेकपा एसले बाजि मारेको छ ।

कटहरिया वडा नम्बर ७ मा काँग्रेसको उम्मेदवार सहिद आलम विजयी भएका छन् । आलमले ५ सय ६८ मत पाएका छन् । उनले आफनो निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादी पार्टी वडाध्यक्ष उम्मेदवार समसुदिन आलमलाई १३३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
सो वडामा वडा सदस्यहरूमा काँग्रेसको पुरै प्यानल नै विजयी भएका छन् ।

अहिलेसम्म ७ वटा वडाको परिणाम मध्ये कटहरिया १ मा समाजवादीका भूपेन्द्र महतो,वडा नम्बर २ मा एमालेका हरेन्द्र साह,वडा नम्बर ३ मा एमालेका श्यामाकान्त यादव,वडा नम्बर ४ मा एमालेका चन्दन कुशवाहा, वडा नम्बरका काँग्रेसका सर्फलाल गुप्ता विजयी भईसकेका छन् ।

वडा नम्बर ८ र ९ को मतगणना जारी नै रहेको छ ।