रौतहटको गौरमा एक वृद्धाको शव फेला
द नेपाल मिडिया
४ जेष्ठ २०७९, बुधबार १३:०३
४ जेठ, रौतहट । रौतहटको गौरमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको गौर नगरपालिका वडा नम्बर ५ कवीर चोकमा एक महिला मृत भेफेला परेकी प्रहरीले जनाएको छ । नामथर नखुलेको अन्दाजी ६० वर्षीया ती महिलाको शव सोमबार विहान करिब ७:४५ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
वेवारिसे अवस्थामा मृत फेला परेकी ती वृद्धाको हालसम्म पहिचान हुन सकेको छैन् । यसबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।