पार्टीका उम्मेदवारलाई पराजित गर्दै बागी उम्मेदवार विजयी
द नेपाल मिडिया
३ जेष्ठ २०७९, मंगलवार १४:३८
३ जेठ, रौतहट । पार्टीले टिकट नदिदा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति गौर ५ को वडा अध्यक्षको पदमा निर्वाचित भएका छन ।
नेकपा एकीकृत समाजवादी पार्टीले टिकट नदिए पछि स्वतन्त्र उम्मेदवारी दिएका शिवशंकर यादव वडाअध्यक्षमा निर्वाचित भएका हुन । उनले समाजवादी पार्टीकै हरि कुशवाहालाई वडामा पराजित गरेका छन ।
वडा अध्यक्षमा निर्वाचित भएका यादवले ४७६ मत प्राप्त गरेका छन । निकै कडा प्रतिस्पर्धा रहेको सो वडामा यादवले लोकतान्त्रीक समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका उम्मेदवारलाई पछाडी पारेका थिए ।
निर्वाचित भएका यादवले ४७६ मत प्राप्त गर्दा लोसपाका ४४७ र एकीकृत समाजवादीका ४३१ मत प्राप्त गरेका छन ।
गौर नगरपालिकाको १ देखी ४ सम्मका वडामा समाजवादीका उम्मेदवार विजयी भएका छन । गौर नगरपालिकामा एकीकृत समाजवादीका मेयर उम्मेदवार शम्भु साह अग्रस्थानमा रहेका छन ।