रौतहटको मौलापुरमा माओवादीको अग्रता

   १ जेष्ठ २०७९, आईतवार १३:०३  

१ जेठ, रौतहट । नेकपा एमालेका नेता प्रभु साहको गृहनगर मौलापुर नगरपालिकामा माओवादीका अग्रता देखिएको छ ।

रौतहटको मौलापुर नगरपालिकामा माओवादीबाट उम्मेदवारी दिएका रामप्रवेश राम यादवको अग्रता देखिएको छ ।

वैशाख ३० गते शुक्रबार भएको स्थानीय तहको निर्वाचनको आइतवार बिहानसम्मको शुरुआती मतगणनामा माओवादीका यादवले ५९४ मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार तथा पूर्व नगर प्रमुख (मेयर) रीनाकुमारी साह ४८३ मतसहित दोस्रो स्थानमा छिन् । यस्तै, उपमेयरमा पनि माओवादी उम्मेदवार ५९१ मतसहित अग्रस्थानमा छिन् ।