स्थानीय तहको चुनावलगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि

   १ जेष्ठ २०७९, आईतवार ११:१७  

१ जेठ , रौतहट । स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ ।

वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर निर्घारण भएको हो ।