चन्द्रपुर १ को वडा अध्यक्षमा काग्रेसका बलराम राउत विजयी

   ३१ बैशाख २०७९, शनिबार १९:४२  

३१ बैसाख, रौतहट । नेपाली काग्रेसले रौतहटको चन्द्रपुरबाट विजयी शुरुवात गरेको छ । चन्द्रपुर १ को वडा अध्यक्षमा नेपाली काग्रेसका बलराम राउत बिजयी भएका छन् ।

उनले २ हजार १० मत ल्याएर बिजयी हुदा उनका निकटतम प्रतिद्वनदी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।

करीव ६६ सय मत रहेको चन्द्रपुर १ मा ४ हजार करीव मत खसेको थियो ।