मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, ११ जना उपचाररत

   ३१ बैशाख २०७९, शनिबार १४:४४  

३१ वैशाख, स्याङ्जा । मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मत खसाल्न जानको लागि सवार भएको ग २ च ३०२६ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

यस्तै दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर गम्भीर घाइते भएको एक जनालाई थप उपचारका लागि वालिङमा पठाइएको छ ।

वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रमा जाने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।