स्थानीय निर्वाचनमा खटिएको सहायक अधिकृतको मृत्यु

   ३१ बैशाख २०७९, शनिबार १२:३७  

३१ वैशाख, सुर्खेत । स्थानीय तहको चुनावमा खटिएका सहायक मतदान अधिकृतको मृत्यु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुदाँ ढकालको घटनास्थलमै मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । प्रवक्ता घर्तीका अनुसार शुक्रबार राति वीरेन्द्रनगर ८ मा कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाइकलमा परेर ढकालको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा राखिएको प्रहरीले जनाएको छ ।