गौरमा कलम र चन्द्रपुरमा रुखको अग्रता

   ३१ बैशाख २०७९, शनिबार १२:३८  

३१ बैशाख, रौतहट । स्थानिय तहको निर्वाचनको मतगणनाको प्रारम्भीक नतिजाहरु आउन शुरु भएको छ ।

गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका शम्भु साहले हालसम्म २७२ मत प्राप्त गरेका छन । वडा नं. १ को कुल ४०० मत गन्दा लोकतान्त्रीक समाजवादी पार्टीको साइकल छापमा ६५ र नेपाली काग्रेंसको रुख चुनाव चिन्हमा ४१ मत आएको छ ।

उपमेयरमा एकीकृत समाजवादीकी उषा झा २०१ मत प्राप्त गरेकी छिन भने काग्रेंसकी डा. शाहजहाँ खातुनले हाल सम्म ७६ मत प्राप्त गरेकी छिन ।

यसै गरी रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली काग्रेंस अग्र स्थानमा रहेको छ । काग्रेंसका तर्फबाट संजय कुमार काफ्लेले ११२० मत प्राप्त गरेका छन भने एकीकृत समाजवादीका बाबुराम दहालले ३७४ मत पाएका छन ।

उपप्रमुखमा काग्रेंसकी जयमाला चौधरीले ११२० मत पाउदा एकीकृत समाजवादीकी रामरती चौधरीले ३४४ मत प्राप्त गरेकी छिन । निर्वाचन कार्यालयमा चन्द्रपुर वडा नं. १ मतपत्र गणना हुने कार्य जारी रहेको छ ।

जिल्लाका अन्य पालिकाहरुमा पनि मतगणनाको काम शुरु हुने तयारीमा रहेको छ ।