रौतहटका २ दर्जन मतदान केन्द्रमा विवाद
३० बैशाख, रौतहट । स्थानिय तहको निर्वाचनका क्रममा रौतहटका विभिन्न पालिकाका २ दर्जन भन्दा बढी मतदान केन्द्रमा विवाद उत्पन्न भएको छ ।
राजनितिक दलहरु बिच भएको विवादले उग्ररुप लिदा भएको झडपमा १५ जना भन्दा बढी घाइते भएका छन ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा बिवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाई फायर गरेको हो ।
रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ । लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो । दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि अवश्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ । झडपमा अहिलेसम्म १५ जनाको टाउको फुटेको बताइएको छ ।
रौतहटको फतुवा विजयपुर, गढीमाई, मौलापुर, परोहा लगायतका नगरपालिकाहरुमा विवाद देखिएको छ ।