मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

   २९ बैशाख २०७९, बिहीबार १३:१४  

२९ वैशाख, रौतहट । मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पक्राउ परेका छन् ।

वैशाख ३० गते हुने स्थानीय चुनावको मौन अवधिमा पैसा बाँड्दै गरेको अवस्थामा उनलाई प्रहरीले हिरासतमा लिएको हो ।

मतदातालाई पैसाको लोभ देखाउदैँ रुपैयाँ बाट्दैँ गरेको अवस्थामा मधेस प्रदेशको जनकपुरबाट अन्सारीलाई आज प्रहरीले पक्राउ गरेको हो । जनकपुरस्थित सीताशरण होटेलको कोठा नम्बर ३०५ बाट हिरासतमा लिएको हो ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।