थप २१ जनामा कोरोना पुष्टि

   २८ बैशाख २०७९, बुधबार १७:१२  

२८ वैशाख, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ३ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा जम्मा १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा ७ सय १८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप १६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १२७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।