सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

   २८ बैशाख २०७९, बुधबार १४:०६  

२८ वैशाख, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर ६ ऋषि डाँडामा दुवै पार्टीका कार्यकर्ताबीच झडप हुदाँ ४ प्रहरीसहित ६ जना घाइते भएका छन् ।

झडपमा एमाले समर्थक मानिने ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएको सुर्खेतका प्रवक्ता तथा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

झडपमा घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । दुवै पक्षबीच भइरहेको झडपका क्रममा प्रहरीले सम्झाई बुझाई गर्दा कांग्रेसका कार्यकर्ता शान्त भएपनि एमालेका कार्यकर्ताले उल्टो प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।