सप्तरीमा आगलागीबाट लाखौँको क्षति

   २८ बैशाख २०७९, बुधबार १२:५९  

२८ वैशाख, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा मंगलबार गएराति भएको आगलागीबाट लाखौँको क्षति भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढीमा आगलागी हुदाँ चार वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीका अनुसार मट्टीगढी शर्मा टोलका तेजनारायण शर्मा, उमेशकुमार शर्मा, गुलटेन सुतिहार, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको छ ।

गोठमा राखिएको भुस, पराल, धान तथा काठ जलेर नष्ट भएको हो । आगोलाई स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।