माधव नारायण नगरपालिकामा एक जनाको घरमा आक्रमण
२८ वैशाख, रौतहट । रौतहटको माधव नारायण नगरपालिकामा एक जनाको घरमा आक्रमण भएको छ ।
माधव नारायण नगरपालिका वडा नम्बर ४ मा नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार रामदेनि मुखियाका कार्यकर्ताले मंगलबार राति पारस भण्डारीको घरमा आक्रमण गरेका थिए ।
वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुरवा मानपुरबाट उम्मेदवारी दर्ता गराएका रामदेनि मुखियाका कार्यकर्ताहरुले भण्डारीको घरमा हिजो राति गरेको आक्रमणको विषयमा छानविन सुरु भएको छ ।