धनुषा मालपोतका निमित्त प्रमुख झा घूससहित पक्राउ
२८ चैत, धनुषा । ५ लाख घूससहित धनुषाको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् ।
जग्गा विवाद मिलाइदिन्छु भन्दै जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ का रामकुमार महतोसंग घूस लिएको रकमसहित झालाई अख्तियार दुरुपयोग आयोगले आज नियन्त्रणमा लिएको छ ।
रामकुमार महतोकी श्रीमती सिरताकुमारी महतो र बुहारी इसैरदेवी महतोलाई बोलार संयुक्त नाममा रहेको जग्गाको विवाद मिलाइने भन्दैँ दुवै पक्षबाट मोलमोलाई गरी झाले ५ लाख रुपैयाँ घुस लिएका थिए ।
मालपोत कार्यालयका निमित्त प्रमुख झा लिएको भन्दैँ सुचना पाएलगत्तै बर्दिबासबाट खटिएको अख्तियार दुरुपयोग आयोगको टोलीले घटनास्थलमा पुगेर उनलाई सोमबार बिहान हिरासतमा लिएको छ ।






