सुनको मूल्य फेरि १ लाख नाघ्यो
द नेपाल मिडिया
२७ चैत्र २०७८, आईतवार १२:३५
२७ चैत, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोलामा १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको कारोबार प्रतितोलामा १ हजार ३ सय ६५ रुपैयाँमा भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।






