आजदेखि इन्धन बिक्री सहज हुने

   २० चैत्र २०७८, आईतवार १३:२५  

२० चैत, रौतहट । नेपाल आयल निगमले अत्यावश्यक बाहेकको अवस्थामा पम्पहरुमा लाइन नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

कमिसन वृद्धि गर्नुपर्ने माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले जानकारी दिए ।

प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार देशैभरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको छ ।

इन्धन उठेपछि पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुने् समेत उनले जनाए ।