कमिसन वृद्धि नभएपछि; पेट्रोलियम व्यवसायीको मनपरी
१८ चैत, रौतहट । कमिसन वृद्धि गर्नुपर्ने माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प पारेको छ ।
इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन नपाएपछि आजदेखि डिपोबाट इन्धन लोडरअनलोड नै बन्द गरेको कारण पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ ।
माग अनुसार कमिसन वृद्धि नभए आइतबारबाट देशभर पेट्रोल बिक्री नै ठप्प पार्ने चेतावनी समेत व्यवसायीले दिएका छन् ।
पेट्रोलियम व्यवसायीले कमिसनको कारण मनपरी गर्दा सर्वसाधारणलाई सास्सी भएको छ । मनपरी रुपमा व्यवसायीले अत्यावश्यक वस्तुको लोडरअनलोड ठप्प पारिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन छ ।






