निगमले कमिसन कटौती गरेको भन्दैँ; आजबाट ग्याँस बिक्री वितरण बन्द

   १७ चैत्र २०७८, बिहीबार १२:२६  

१७ चैत, रौतहट । नेपाल आयल निगमले कमिसन कटौती गरेको भन्दैँ ग्याँस उद्योगहरुले आजबाट ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरुले बिक्रेताहरुलाई बिक्री वितरण बन्द गरेको हो ।

कमिसन कटौती गरेको भन्दैँ नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।