सुनको भाउ ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड

   २२ श्रावण २०७७, बिहीबार ११:५३  

साउन २२, रौतहट । नेपाली बाजारमा अघिल्लो दिनको तुलनामा  बिहीबार सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १३ सय ४५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनमा बिहीबार ५० रुपैयाँले बढी छ । बुधबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सुनको मूल्यमा पनि असर परेको महासंघले जनाएको छ ।