चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने निर्वाचित

   ८ मंसिर २०७९, बिहीबार १२:४६  

८ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले रवि लामिछाने विजयी भएका हुन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा रवि लामिछानेले ४९ हजार २ सय ६१ मत पाएर वियजी भएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३४ हजार १ सय ६२ मत ल्याएर पराजित भएका हुन् ।