नेपालमा प्रवेश गरेका पुराना सलह पनि मर्दै
साउन २१, रौतहट । नेपालमा विगत दुई सातादेखि सलहको नयाँ झुण्ड प्रवेश गरेको छैन् । नेपालको बोर्डर छेउमा भएको सलह फेरी भारतको राजस्थान तिरै फर्किएको प्लान क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्का सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिएका हुन् ।
पहिला नेपालमा प्रवेश गरेका पुराना सलह पनि मर्दै गएको केन्द्का सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए ।
उनले भने, हावा पूर्वी दिशातर्फ बहेकोले तुरुन्तै नेपालमा नयाँ सलह आउने संभावना न्यूने छ ।
तर, हावाको दिशा फेरियो भने पनि नयाँ सलह नेपाल आउन १०–१५ दिन जति लाग्छ,’ उनले भने ।
त्यस्तै अहिले कुनै जिल्लाबाट पनि सलहबारे कुनै जानकारी नआएको उनी बताए ।
घाम लागेको बेला फाट्टफुट्ट दुई र चार वटा उडेको देखिन्छ, भन्ने जानकारी आएको छ,’ उनले भने, ‘त्यसले बालीमा कुनै क्षति गरेको छैन ।’
नेपालमा बितेको महिना असार १३ गते पहिलोपटक सलह प्रवेश गरेको थियो । उक्त सलहले सामान्य क्षति गरेको विषादी व्यवस्थापन केन्द्रले बताएको छ । केन्द्रकाअनुसार साउन ३ बाट अहिलेसम्म नेपालमा नयाँ सलह प्रवेश गरेको छैन ।