सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघका अधिकारी बताउँछन्।
सुनको भाउ तोलामा ९९ हजार ८०० सय पुग्दै
द नेपाल मिडिया
२० श्रावण २०७७, मंगलवार १२:१०
साउन २०, रौतहट । नेपाली बजारमा मंगलबार सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलामा ९९ हजार ८०० सय पुग्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।
आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ । यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।