सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोकियो

   १५ मंसिर २०७८, बुधबार ११:४४  

१५ मंसिर, रौतहट । सर्वाेच्च अदातलमा गोलाप्रथा प्रणलीबाट मुद्दाको पेसी तोकिएको छ ।

गोलाप्रथा प्रणलीबाट तोकिएको ईजलासमा वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्कीको संयुक्त ईजलासमा न्यायात्रीश टैकबहादुर मोक्तान परेका स्रोतले जनाएको छ । आज पहिलो दिन दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् ।

सर्वाेच्च अदातलमा आज इतिहासमै नौलो अभ्यास भएको गोलाप्रथा प्रणलीबाट न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।