बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

   १२ मंसिर २०७८, आईतवार १३:१३  

१२ मंसिर, रौतहट । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज प्रचण्ड र माधव कुमार नेपाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल सरकारी निवास बालुवाटार पुगेका हुन् ।

गत कात्तिक १४ गते देखि बार एसोसिएशनभित्र भइरहेको प्रदर्शनका बेला पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए ।

सोही विषयमा आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।