भारतबाट ल्याएको लागुऔषधसहित तीनजना पक्राउ

   १२ मंसिर २०७८, आईतवार १०:४२  

२ मंसिर, रौतहट । भारतबाट ल्याएको लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका ६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज बिहान कैलाली उपमहानरपालिका १ एलएनचोकका २० वर्षीय रोहित कार्की, सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका १० मालाखेती बस्ने २१ वर्षीय आशिष भट्ट र ओलानी बस्ने २१ वर्षीय नीरज बडैलालाई लागुऔषध नाईट्रोभेट १० सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट से४प ३३००८ नम्बरको मोटरसाइकलमा सवार तीनै जनालाई चेकजाँच गर्ने क्रममा अवैध औषधीसहित हिरासतमा लिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

उनीहरुलाई लागुऔषध सेवन गरेकै अवस्थामा आइतबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।