राजदेवीमा जनमत पार्टीकाे प्रथम नगर अधिवेशन सम्पन्न
११ मंसिर, राैतहट । जिल्लाकाे राजदेवी नगरपालिकामा जनमत पार्टीकाे प्रथम नगरअधिवेशन सम्पन्न भएकाे छ ।
जनमत पार्टी राजदेवी नगरपालिकाकाे नगर समितिले आयाेजना गरेकाे अधिवेशन सु-सम्पन्न भएकाे हाे ।
जनमत पार्टीकाे केन्द्रिय सचिव संजय यादवकाे प्रमुख अतिथितामा आजकाे प्रथम अधिवेश विधिगत रुपले सम्पन्न भएकाे केन्द्रिय सदस्य एवंक प्रशासन विभागका प्रमुख ललित मलिक सानूले जानकारी दिए ।
राैतहटकाे राजदेवी नगरपालिका स्थित पथरा भएकाे प्रथम नगर अधिवेशनमा केन्द्रिय सदस्य एवंम प्रकासन बिभाग प्रमुख ललित मल्लिक सानु , युवा जनमत संघका अध्यक्ष रणवीर ज्वाला, समाज कल्याण परिषदका अध्यक्ष बिरेन्द्र साह र साेही परिषदका केन्द्रिय सचिव सन्ताेष यादव लगायत अन्य जनप्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।