नेकपा (माओवादी केन्द्र) काे प्रथम नगरसम्मेलन सम्पन्न
११ मंसिर, राैतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे प्रथम नगर सम्मलेन सम्पन्न भएकाे छ ।
राैतहटकाे गाैर स्थित राइसमिल मैदानकाे सभा हलमा प्रथम सम्मेलन विधिगत रुपले सम्पन्न भएकाे हाे ।
नेकपा (माओवादी केन्द्र ) गाैर नगर समितिले आज (शनिवार) साे सम्मेलनकाे आयाेजना गरेका थिए ।
बिगतका दिनमा केही खराब प्रबृतिका व्यक्तिहरुले पार्टी र राैतहटलाई बदनाम गर्न खाेजेका थिए तर अब साे प्रवृतिका व्यक्तिलाई पार्टीमा स्थान नदिइने नगर समितिका सचिवालयका सदस्य एवंम वार्ड कमिटीका अध्यक्ष बिश्वनाथ प्रसाद यादवले बताए । आजकाे भेला कार्यक्रम बिधिगत रुपले सम्पन्न भएकाे समेत उनले बताए ।