बाँकेमा दुई संक्रमितको उपचारकै क्रममा मृत्यु

   ११ मंसिर २०७८, शनिबार १३:०३  

११ मंसिर, रौतहट । बाँकेमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा बाँकेका नै दुई कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा गत कात्तिक २२ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसंगै कात्तिक २४ गते उपचारका लागि अस्पताल भर्ना भएकी कोहलपुर ११ की ६४ वर्षीया वृद्धा महिलाको शुक्रबार राति ११ः५० बजेतिर उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै कोहलपुरकै ६५ वर्षीय पुरुषको पनि उपचारकै क्रममा शुक्रबार मृत्यु भएको बांकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । योसँगै बाँकेमा कोभिड १९ को कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ सुय ४३ पुगेको छ ।