राति १० बजेपछि वीरगञ्जमा बाजा बजाउन रोक

   ११ मंसिर २०७८, शनिबार १२:०७  

११ मंसिर, रौतहट । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि बाजा बजाउँनमा रोक लागेको छ ।

विभिन्न किसिमको मेला महोत्सव, विवाह, ब्रतबन्धसहित कुनै किसिमको बहानामा राति १० बजेपछि चर्काे ध्वनीमा बाजा, डिजे तथा ब्यान्डबाजा बजाउँनमा रोक लगाइएको पर्साको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अश्लील गीतसङ्गीत र सडकमा आर्केस्ट्राको नृत्यमा समेत रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको प्रतिबन्ध उलंघन गर्नेमाथि आवश्यक कारवाही समेत हुने प्रहरीले जनाएको छ ।