रंगभेद विरुद्ध जनमतको प्रदर्शन

   १० मंसिर २०७८, शुक्रबार १७:३७  

१० मंसिर, रौतहट । रंगभेद बन्द गर भन्दै जनमत पार्टीले जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । प्रत्येक वर्षको मंसिर १० गते जनमत पार्टिले रंगभेद एकता दिवसको मनाउने गरेका छन् ।

२१ औँ सतावदीमा आएर पनि नेपालमा हालसम्म देशमा रंगको आधारमा , छालाको आधारमा विभेद गरिन्छ । केन्द्रिय सदस्य एवंक प्रशासन विभाग प्रमुख ललित मलिक सानू बताए । जनमत पार्टिले स्थापना काल देखिनै प्रत्येक वर्ष मंसिर १० गते हामीले रंगभेद विरुद्ध एकता दिवसका रुपमा मनाउने गरेको उनले जानकारी दिए ।

मधेशीलाई बिहारी भन्न पाईदैन्, रंगभेद बन्द गर , जनमत पार्टि जिन्दावाद , अत्यचार बन्द गर , रंगको भरमा अत्यचार गर्न पाइदैन्, रंगभेद अन्त्य गर लगायतका नाराका साथ नगर परिक्रमा गरेका छन् ।

देशमा बढी रहेको भष्ट्रचार अन्त्य गर्न जनमत पार्टिले विभिन्न विरोध कार्यक्रम गर्दै आएको छ भने भष्ट्रचार विरुद्ध तेसा्रे चरणको आन्दोलन जारी रहेको छ ।