धनुषामा ट्रयाक्टरमा च्यापिएर चालकको घटनास्थलमै मृत्यु

   १० मंसिर २०७८, शुक्रबार १२:५३  

१० मंसिर, रौतहट । धनुषामा बालुवा लोड गरेको ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

ट्याक्टरमा च्यापिएर मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका ७ का २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ ।

लोड गरिएको बालुवा झार्ने क्रममा ज १ त ४१७२ नम्बरको ट्रयाक्टर इन्जिन अचानकमाथि उठ्दा च्यापिएर आज बिहान महतोको घटनास्थलमै मृतयु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पोष्टमार्टमका लागि मृतकको शव प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।