भारतबाट ल्याएको अवैध समानसहित दुई जना पक्राउ

   ७ मंसिर २०७८, मंगलवार १२:३८  

७ मंसिर, रौतहट । भन्सार छलेर ल्याएको करिव ३ लाख मूल्य बराबरको समानसहित सीमा नाकाबाट सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार करिव साँडे ८ बजेको समयमा लालबन्दी नगरपालीका ५ स्थित मेजरगञ्जबाट ब्रम्हपुरी १ का २५ बर्षका बिमल कुमार राय र मलंगवा ११ बस्ने मनी कुमार यादवलाई भारतीय बजारबाट भन्सार छलेर मोटरसाईकलमा बिभिन्न किसिमका कपडा लोड गरी नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

बरामद कपडाको मुल्य २ लाख ९५ हजार ४०० रुपैँया रहेको प्रहरी नायव उपरिक्षक बुडाथोकीले जानकारी दिए । उक्त सामानसहित पक्राउ परेको दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

उनिहरुको साथबाट बरामद भएको उक्त समानलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाईएको प्रहरीले जनाएको छ ।