देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच छलफल

   ३ मंसिर २०७८, शुक्रबार ११:०५  

३ मंसिर, रौतहट । सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा बिहीबार भएको शिष्टाचार भेटवार्तामा दुईपक्षीय हितको विषयमा कुराकानी स्रोतले जानकारी दिए ।

स्रोतका अनुसार हिजो भएको दुईपक्षीय छलफलमा नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध, सहकार्य र द्वीपक्षीय हितको विभिन्न विषयमा समेत कुराकानी भएको छ ।