काँग्रेसको गौर सभापतिमा मोहन यादव निर्वाचित

   २ मंसिर २०७८, बिहीबार ११:५७  

२ मंसिर, रौतहट । नेपाली काँग्रेसको १४ अधिवेशनबाट सर्व-सहमतीबाट निर्वाचित भएको नगर अध्यक्षसहित पदाधिकारीहरु बुधबार पद ग्रहण गरेका छन् ।

१४ गौर नगरअधिवेशनबाट सर्व-सहमतीबाट निर्वाचित भएको नगर अध्यक्ष मोहन यादवसहितको समितिले हिजो गौरमा आयोजित एक कार्यक्रममा पदभार ग्रहण गर्दै गोपनियताको सपथ लिएका हुन् ।

लामो सयमदेखि नेपाली काँग्रेसमा संक्रिय राजनीति गर्दै आएका यादव गौरको अध्यक्षमा नियुक्त भएका छन् ।

यस्तै, आउँदो स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट गौर नगरपालिकाको मेयर पदमा उमेदवारी दिने छन् ।