कैलालीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
२ मंसिर, रौतहट । मोटरसाइकल र गोरुगाडा आपसमा ठोकिँदा कैलालीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको गाउँपालिका वडा नम्बर १ हसुलियामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ब७प ३३८० नम्बरको मोटरसाइकल र सोही विपरित दिशाबाट आइरहेको गोरुगाडा आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका कैलारी ३ बस्ने २५ वर्षीय सोलुचन चौधरीलाई उपचारका लागि सेती प्रादेशीक अस्पताल ल्याउँदै गर्दा बाटोमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, प्रहरीका अनुसार सोही मोटरसाइकलमा सवारी सोही स्थानका २४ वर्षीय बुद्धिसागर चौधरी घाइते भएका छन् । सामान्य घाइते भएका चौधरीलाई सेती प्रादेशीक अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक कैलारी ३ कै लौटन चौधरी भने फरार रहेका छन् । घटना पश्चात् फरार भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।