रुपन्देहीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ
१ मंसिर, रौतहट । रुपन्देहीबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको तिलोत्तमा नगरपालिका १४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित सोही नगरपालिका बिन्दुनगर निवासी २८ वर्षीय सन्दिप थापालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
कटुवा पेस्तोला राखेको भन्दैँ पाएको सुराकीको आधारमा वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको टोलीले थापालाई उक्त हतियारसहित मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि पेस्तोल बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।