मंसिर महिनाको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट

   १ मंसिर २०७८, बुधबार १२:३१  

१ मंसिर, रौतहट । नेपाली बजारमा मंसिर महिनाको पहिलो दिन आज सुनचाँदीको मूल्यमा सामान्ग गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कार्तिक महिनाको अन्तिम दिन अर्थात् मंगलबार (हिजो) प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ५ सयले घटेर तोलामा ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

त्यसैगरी, हिजो १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।