बालक हत्या प्रकरण

   ३० कार्तिक २०७८, मंगलवार ०८:४२  

३० कार्तिक, रौतहट  । विषका कारण मृत्यु भएका  रौतहटका २ जना बालकको शव माथी राजनिती हुन थालेको आरोप लागेको छ ।

देवाही गोनाही नगरपालिका  ५ टिकुलियाका मृतक  संजय मुखियाको ५ बर्षिय छोरा आकाश मुखिया र ३ बर्षिय छोरा विकास मुखियाको विषका कारण ज्यान गएको थियो । दुई बालकको मृत्यु पछि छिमेकीले विष खुवाएर हत्या गरेको भन्दै आफन्त तथा परिवारजनले शव बोकेर दोषीलाई कार्वाहीको माग सहित हिजो गरुडामा प्रदर्शन गरेका थिए ।

शव सहितको प्रदर्शनको अगुवाई एकजना पुर्व सभासद र एकजना गाउँपालिका अध्यक्षले गरेका थिए ।

प्रदर्शन पछि प्रहरी र प्रदर्शनकारी बीच ईलाका प्रहरी कार्यालय गरुडामा छलफलमा घटनाको गहनरुपमा अनुसंधान गरि दोषीलाई कार्वाहीको दायरामा ल्याउने सहमति भएको थियो ।

सहमतिमा बालकहरुको शवको अंतिम संस्कार गर्ने निर्णय बिपरित केही मानिसले पुनः शव राखेर बाटो रोक्न खोजेपछि सामान्य बल प्रयोग गरि बाटो खुलाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन ।

मृतक दुबै बालकको शव नारायणी अस्पताल विरगंजमा  पोष्टमार्टम भएको  र  बालकले कसरी मुसा मार्ने औषधी खाएको वा अरु कसैले खुवाएको विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेकको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले बताए ।

मुद्दा फिर्ता गराउन छिमेकीलाई आरोप

गतबर्ष टिकुलिया गाउँका  महेश तिवारी दम्पती माथि एक समूहले  धारिलो हतियारबाट साँघातिक हमला गरिएका थिए । उक्त घटनामा जयरानी देवी तिवारीको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर अवस्थामा रहेका महेश तिवारीको लामो उपचार पछि बाँच्न सफल भए पनि हालसम्म  उपचाररत छन  ।

उक्त घटनाको मुख्य योजनारको रूपमा स्थानीय रामएकवाल मुखिया माथी किटानी जाहेरी पछि उनी फरार छन । हत्याका मुख्य योजनाकार मुखियाको  नाम फिर्ता गराउन महेश तिवारी,उनका दाजु सुरेस तिवारी,उनका छोराहरू राजेश तिवारी,रमेश तिवारी  लगायत ५ जना माथि  बालकको हत्यामा संलग्न भएको भन्दै केहि नेताहरु जवरजस्ती नाम मुछ्न खोजेको प्रहरी श्रोतले बतायो ।

जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले कुनै नेता कार्यकर्ता तथा आन्दोलनको भरमा कसैमाथि मुद्दा दर्ता नहुने घटनाको अनुसंधान बाट जे हुन्छ दोषी  ठहर भए कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन ।