रेडक्रसको बिधान महाधिवेशन बिथोल्नेलाइ छानबिनको दायरामा ल्याउन माग

   २९ कार्तिक २०७८, सोमबार २१:१२  

२९ कार्तिक । कार्तिक २८ र २९ गते काठमाण्डौमा हुन लागेको  रेडक्रसको बिधान महाधिवेशन बिथोल्ने समुहलाइ छानबिनको दायरामा ल्याउन एक बिज्ञप्ति मार्फत नेपाल रेडक्रस सोसाइटी केन्द्रले माग गरेको छ ।

२०/२५ जनाको समुहले कार्यक्रम स्थलमा राखिएको लोगो,क्याप,लकेट लगाएत लाखौका समान लुटेको, तोडफोड गरेको आरोप छ ।

तोडफोड गर्ने,अपशव्द बोल्ने,रेडक्रसको झण्डा च्यात्ने जस्ता काम गरि बिधान अधिवेशन बिथोलेको जनाइएको छ ।

आइतवार देखि  हुन लागेको बिधान अधिवेशन बिथोल्ने समुहमा भ्रष्टचार र अनिमियता मा संलग्न केहि रेडक्रसका पूर्व केन्द्रिय कार्यसमितिका सदस्यहरु तथा पूर्व जिल्ला सभापतिहरुले  नेतृत्व गरेको हुनाले उक्त कार्यको निन्दा गरेको छ ।

आफुलाई रेडक्रस कर्मी भन्नेहरुले तोडफोड र लुटपाटको हर्कत गरि नेपाल रेडक्रस सोसाइटिको बिधान अधिवेशन बिथोलेकोमा खेद प्रकट गर्दै  निन्दनीय घटनाको तत्काल न्यायिक छानविन गरि सत्य तथ्य बाहिर ल्याई तोडफोडमा संलग्नहरुलाई कानुन बमोजिम कारवाही गर्न समेत सरकार संग  माग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटिमा परिवर्तित सुशासन नचाहने एउटा समुहको प्रभावमा अन्तरास्ट्रिय मानवीय संस्थाको घाँटी निमोठ्न रेडक्रस जस्तो स्वाधीन र अन्तरास्ट्रिय मानविय संस्थामाथि गरिएको आक्रमण प्रति खेद प्रकट गर्दै बर्तमान केन्द्रीय समितिले  घटनाको छानविन गर्नका लागि रेडक्रसका अन्तराष्ट्रिय संयन्त्रहरुको समेत ध्यानाकर्षण गराएको जनाएको छ ।

देश भरिका रेडक्रसकर्मिहरुले रेडक्रसको जीवनमा आइपरेका हरेक विकृति ,विसंगति ,चुनौती र समस्या हरुको उच्च मनोवलका साथ डटेर सामना गर्न आह्वान गरेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय अध्यक्ष नेत्र प्रसाद तिम्सिना द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

केहिदिन अघि नेपाल रेडक्रस केन्द्रीय समितिले १४ जिल्ला र दुई प्रदेश समितीलाइ बिधान अनुसार कार्य नगरेको भन्दै बिधानको विभिन्न दफा प्रयोग गरेर बिघटन गरि नया तदर्थ समिती गठन गरेको थियो । सोही बिषयमा केहिले असन्तुष्टी राख्दै आएका छन । असन्तुष्ट पक्षले उक्त निर्णय नमान्ने बताउदै आएका छन ।

तर उक्त बिरोध को बर्तमान केन्द्रीय समितिले खण्डन गर्दै नया गठन गरीएका जिल्ला तथा प्रदेश सिमिति लाई बिधान अनुरुप  काम गर्न निर्देशन दिएको छ ।