गौरमा सबै वडा सभापति सर्वसम्मत

   २९ कार्तिक २०७८, सोमबार २०:२५  

२९ कार्तिक, रौतहट । नेपाली काङ्ग्रेसको वडा अधिवेशन गौरमा सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

गौर नगरपालिकाका ९ वटै वडाका सभापतिहरु सर्वसम्मत रुपमा छानिएको पुर्व नगरसभापती तथा नेपाली काङ्ग्रेसका संगठन विभागका सह-संयोजक अवधकिशोर साहले बताए ।

गौर नगरपालिकाको वडा नम्बर १ मा रामनरेश साह, २ मा रमजी राय यादव, ३ मा जयमङल प्रसाद, ४ मा सत्यनारायण यादव, ५ मा कन्हैया भट्टराई, ६ मा बिबेकानन्द गुप्ता, ७ मा शेख ठागा, ८ मा जनार्दन साह र ९ मा प्रेमा देवि निर्विरोध रुपमा चयन भएको सह-संयोजक साहले बताए ।

लामो समय देखि सदस्यता विवाद रहेको रौतहटमा काङ्ग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ ।

काङ्ग्रेसले भोलि पालिकाहरुमा नगरअधिवेशन  गर्दैछ ।