बालकको शव बोकेर गरुडामा प्रर्दशन
२९ कार्तिक , रौतहट । रौतहटको देवाही गोनाहीमा एकै परिवारका दुई नाबालकहरुलाई विष खुवाएर हत्या गरेको भन्दै गरुडामा प्रर्दशन भएको छ ।
देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सन्जय मुखियाका ५ वर्षिय छोरा आकाश मुखिया र ४ वर्षका विकास मुखियालाई रिसिवीका कारण गाउँकै स्थानियले विष खुवाई हत्या गरेको परिवारजनको आरोप रहेको छ ।
घटनामा संलग्न रहेका आरोपीहरुलाई प्रहरीले तत्काल पक्राउ गर्नु पर्ने माँग राख्दै परिवारजनले दुवै बालकको शव बोकेर गरुडामा प्रर्दशन गरेका हुन ।
घरबाहिर कसैले विष खुवाए पछि बालकहरुलाई उपचारका लागी गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआए पछि दुवै बालकलाई थप उपचारका लागी वीरगंज लग्दै गर्दा उनीहरुको ज्यान गएको थियो । घटनका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक विनोद घिमिरेले बताए ।
यो पनि पढनुस