जिप दुर्घटना हुँदा ३ जनाकोे मृत्यु, १३ घाइते

   २९ कार्तिक २०७८, सोमबार १०:५६  

२९ कात्तिक, रौतहट । ओखलढुंगामा आज बिहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ९ काँडेभञ्याङ नजिकै सोमबार बिहान ७:३० बजेतिर प्रदेश ३-१०२२-च९६९४ नम्बरको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

यस्तै, दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिएको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । उनी चारै जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी भइरहेको काफ्लेले बताए ।