बार एसोसिएसन रौतहट शाखा पनि धर्नामा

   २८ कार्तिक २०७८, आईतवार १७:२१  

२८ कात्तिक, रौतहट । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलनको प्रति रौतहटका वकिलहरुले पनि समर्थन जनाएका छन् ।

बार एसोसिएसनको समर्थन गर्दै रौतहटका वकिलहरु जिल्ला अदालतमा २ घण्टा धर्ना दिएका थिए । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बार एसोसिएसनले निरन्तर आन्दोलन गरिरहेको छ ।

देशभर प्रधानन्यायाधीश जबराको राजिनामाको माँग भइरहेको कारण हामीपनि यसको समर्थनमा ३ दिन धर्ना दिने नेपाल बार एसोसिएसन रौतहट शाखाका अध्यक्ष राजाराम यादवले बताए । हामीले हातमा कालो पट्टि बाधेर २ घण्टा धर्ना दिने उनले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा बार मात्रै लागेर नपुग्ने भन्दै आम नागरीकहरू राजिनामा माग्दै सडकमा आउनुपर्ने बताए थिए । उनले न्यायपालिकाको सुधारमा बाधक बन्नेहरूको राजिनामा पछि पनि सम्पति विवरण सार्वजनिक गर्ने र जफत गराउन लाग्ने समेत बताएका थिए ।

बार एसोसिएसनको रौतहट शाखाले ३ दिन १० बजे देखि १२ बजेसम्म धर्ना दिने भएका छन् ।